राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवार महन्थ ठाकुरलाई सहयोग गर्न माग गर्दै आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नेभएका छन् । हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका लोसपाका नेताहरुले हिजो नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटमा भेटगरी सो माग गरेका थिए ।
‘सहमतीय राष्ट्रपतिका लागि महन्थ ठाकुर उपयुक्त पात्र भएको सो दलका नेताहरुको भनाइ छ । सभापति देउवासँग आज बुधबार विहान ९ बजे धुम्बाराहीस्थित देउवा निवासमा भेट हुने लोसपाका नेता राजेन्द्र महतोले बताए ।

