प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।
राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न सभापति शेरबहादुर देउवासहितका नेताहरू बुधवार साँझ बालुवाटार पुगेका हुन् ।
राष्ट्रपति उम्मेदवारमा माओवादीको समर्थन खोज्न नेताहरू बालुवाटार पुगेका कांग्रेस स्रोतले बतायो । देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगेका छन् ।
बालुवाटारमा जानुअघि देउवाले नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेतासँग छलफल गरेका थिए ।

