राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय ८ दलले गरेपछि उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बिहान साढे ८ बजे बस्ने बैठकले कांग्रेसबाट राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने छ ।
शुक्रवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने लगभग पक्कापक्की जस्तै रहेको स्रोतको दाबी छ । यसबारे कार्यसम्पादन समितिको बैठकले औपचारिक निर्णय लिनेछ ।
निर्वाचन आयोगले शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

