यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल १९१ रनमा अलआउट भएको छ ।
घरेलु टोली यूएई यू–१९ विरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ७ बल बाँकी छँदा १९१ रन जोडेर अलआउट भएको हो ।
नेपालका लागि कप्तान देव खनालले ५१, विशालविक्रम केसीले ३८, उत्तम थापाले ३६ र दिपेश कंडेलले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यूएईका लागि ध्रुव पराशरले ३, आयान अफजल खान र हरित शेट्ठीले २ तथा हर्षित सेठले १ विकेट लिए ।
यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यो खेल जित्ने टोली यू–१९ विश्वकपका लागि छानिनेछ ।

