आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सीधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन्।
विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आईएमई पेमा प्राप्त गर्न सक्नेछन्।

