कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत बुधबारको खेलमा शानदार शतक प्रहार गरेर मोहम्मद वासिमले युएईलाई जिताएका थिए। त्यसैले आज नेपाल र युएईको खेलमा नेपाली बलरलाई वासिमकै भय थियो। सोचेजस्तै उनी सुरुबाटै विस्फोटक खेल्न थाले। उनले ४३ बलमै २ चौका र ५ छक्का साथमा अर्धशतक बनाए। तर नेपाली बलर सन्दीप लामिछानेले उनलाई शतकसम्म भने पुग्न दिएनन्।
युएईको खातामा ९९ रन भएपछि सन्दीपले वासिमको विकेट गिराए। त्यतिबेलासम्म वासिमले ६ छक्का र २ चौका प्रहार गरेर ६३ रन बनाएका थिए। आउट हुनुअघि ४८ बल खेलेका वासिमलाई सन्दीपले १७औं ओभरको दोस्रो बलमा एलबीडब्ल्यु धरापमा परेका थिए। यद्यपि उनले भृत्य अरविन्दको साथ ७९ रनको साझेदारी गरे।
वासिमको विकेट खोसे पनि नेपाली बलरले आसिफ खानलाई चिन्न सकेनन्। उनले त यो खेलमा कीर्तिमान नै बनाए। एसोसिएट क्रिकेटमा ४१ बलमा सतक पुरा गर्ने पहिलो खेलाडी बनेका छन्। समग्र क्रिकेटमा उनको शतक, चौथौ चाँडो अन्तर्राष्ट्रिय सतक बनेको छ। सातौं नम्बरमा मैदान पसेर सतक पूरा गर्ने कमै खेलाडीमा रहेका छन् आसिफ खान।
आज, भृत्य अरविन्द युएईका लागि अर्को महत्वपूर्ण खेलाडी सावित भएका छन्। तेस्रो नम्बरमा आएर उनी अविजित रहे। अरविन्दले लामो पारी खेल्दै १३८ बलमा ९४ रन बनाए। यी दुई खेलाडीको महत्वपूर्ण पारीमा युएईले नेपाललाई ३११ रनको लक्ष्य प्रदान गरेको छ।
यता नेपालले भने कमजोर ब्याटिङ सुरु गरेको भए पनि १५ ओभर पछि सानदार पारी खेलेको थियो। सुरुमा नै एक ओभर बलिङ गरेका कुशल मल्लले २२ रन खर्चिएका थिए। त्यसपछि कुशलले वासिम मैदानमा रहुन्जेल बलिङ नै गरैनन्।
वासिम आउट भएपछि सिपी रिजवन मैदानमा प्रवेश गरेका थिए। तर उनलाई नेपाली फिल्डरले सात रन बनाउँदै पेवेलियनको बाटो देखाइदिए। उनी रनआउट भए। सिपी आउट भएसँगै युएईले २३ ओभरमा १२२ रन बनाएर तीन विकेट गुमाएको थियो।
सिपी आउट भएपछि मैदानमा भृत्य अरविन्दलाई साथ दिन आयान अफजल खान आइपुगेका थिए। तर उनी त झनै टिक्नै सकेनन्। खानलाई दिपेन्द्र सिंह ऐरीले गुल्सन झाको हातबाट आयानलाई क्याचआउट गराइदिए।
ऐरीले व्यक्तिगत दास्रो विकेट तब लिए, जतिबेला युएईले १७५ रन बनाएको तियो र रोहन मुस्तफाले ४७ रनको साझेदारी गरिसकेका थिए। उनको यो साझेदारी अरविन्दसँगै थियो। मुस्तफा ३२ बलमा २० रन बनाउँदै ३७ ओभर तीन बलमा एलबिडब्ल्यु धरापमा परे।
यो खेलमा युएईका लागि १९ रन बनाएका आर्यन लाक्रालाई नेपाली स्पिनर ललित नारायण राजवंशीले पेवेलियन फर्काएका थिए। यो नेपालले गिराएको पहिलो विकेट थियो।
सानदार सुरुआत गरेको युएईले उत्कृष्ट अन्त्य पनि गर्यो। युएईले अन्तिममा पूरा शक्तिका साथ खेल्यो। र, ४५औं ओभरमा १३, ४६ ओभरमा १४, ४७ ओभरमा २० रन बनाएको युएईले ४८ ओभरमा १७ रन बनायो। सन्दिप लामिछानेले ४९ औं ओभरमा पनि २६ रन बेहोरेका थिए भने अन्तिम ओभरमा सोमपालले १२ रन बेहोरे।
यसैक्रममा सातौं नम्बरमा मैदानमा छिरेका आसिफ खानले पनि शतक बनाए। १० ओभर बाँकी रहँदा नेपाली बलर कमजोर देखिएपछि आसिफले ४१ बलमा शतक बनाए। उनले अविजित १०१ रन बनाएका छन्।
नेपालका लागि दिपेन्द्रले दुई विकेट लिए भने ललित, सोमपाल र सन्दीपले समान १–१ विकेट लिए। युएईले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको हो।

