काठमाडौं— कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनका क्रममा विराटनगरमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
गृह मन्त्रीस्तरीय निर्णयबाट प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार छानबिन समिति गठन गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । सात दिनभित्र प्रतिवेदन दिन समितिलाई समयसीमा दिइएको छ ।
५ चैत्रमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको शनिबार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको थियो ।


