काठमाडौं । अनलाइन बिजनेस गर्ने नाममा करोडौं ठगी गरेको अभियोगमा नेपाल प्रहरीले ९ जना चिनियाँसहित १९ जनालाई पक्राउ गरेको छ ।
यही अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट उनीहरूले १० करोड बढी ठगी गरेको खुलेको छ ।
उनीहरूले अनलाइन व्यापारका लागि भन्दै काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर ठगीको काम गरेको प्रहरी भनाइ छ । ठगीको सुत्राधार चिनियाँहरू भएको र नेपालीले भाषामा सहयोग गर्दै व्यक्तिहरूसँग कुराकानी गराइदिने गरेको बुझिएको छ ।
उनीहरूले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौं विद्युतीय सामान पनि बरामद गरेको छ ।
उनीहरू अधिकांशलाई बूढानीलकण्ठ ननरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो।