काठमाडौं । चितवनको सौराहास्थित एक हात्तीसारमा बाँधेर राखिएको एक हात्तीको सूँड काटिएको छ ।
सूँड गएराति अज्ञात समूहले काटेको सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले बताए । उनकाअनुसार राति हात्ती कराएको र हेर्न जाँदा हात्ती सूँड काटिएको अवस्थामा भेटिएको हो ।
धारिलो हतियारको प्रयोगबाट सूँड काटिएको खतिवडाले बताए । मार्ने उद्देश्यसहित सूँड काटिएको र हात्ती कराउँदा अपराधीहरू मागेको उनले बताएका छन् ।
सूँड काटिएको चञ्चलकली ४५ वर्षको हात्ती हो । सूँड काट्नेको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान गरिरहेको बताएका छन् ।
हात्तीले आफ्नो सूँडको प्रयोग आहारा तान्ने, कुनै वस्तु टिपेर मुखमा हाल्नेलगायतका काममा गर्छ ।

