सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो ।
विभागले बुधवार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा भाडा समायोजन गरिएको जनाएको हो ।
यात्रुबाहक सावरीले ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावारीले ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीले ४.६५ प्रतिशतले भाडा घटाएका छन् ।
बुधवारबाट डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि कामय भएको १७२ को मूल्यमा भएको भाडा सामायोजनमा १७ रुपैयाँ घटेको अन्तरप्रदेशका सवारी साधानले पनि भाडा घटाएको यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।