काठमाडौँ — नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै शुल्क तथा दस्तुर नलाग्ने बजेट घोषणामा उल्लेख गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
साथै अनलाइनबाटै कम्पनी दर्ता र खारेजी प्रक्रिया गर्ने व्यवस्था गरिने उनले बताए । त्यस्तै विंसं २०८० मा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरिने भएको छ । जसमार्फत् अन्तर्राष्ट्रिय लगानीकर्ताहरु ल्याउने र आयोजनामा विदेशी लगानी भित्र्याउने महतको दावी छ ।

