सेयर बजारमा ठूलो गिरावट आएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट (मंगलवार) सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घटेको हो । आगामी वर्षको बजेटमा लगानीकर्ताका माग सम्बोधन नहुँदा सेयर बजार घटेको लगानीकर्ता बताउँछन् ।
बजेटपछिको पहिलो दिनको कारोबार दिनमा ५३.१६ अंकले घटेको नेप्से १८ सय ८८.६१ अंकको विन्दुमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
नेप्से घटे पनि कारोबार रकम २ अर्ब नाघेको छ। आज २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

