भरतपुर, ३२ जेठ ।
विशाल इन्टरटेन्मेन्टको प्रस्तुति रहेकोे लोक दोहोरी म्युजिक भिडियो `जाम कान्छी बसैमा मुग्लिङ काटेर´ सार्वजनिक भएको छ । आज बिहीबार सार्वजनिक भएको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् ।
अमृत सापकोटाको शब्द संकलन रहेको म्युजिक भिडियोमा अमृत सापकोटा र अपेक्षा गिरीको आवाज रहेको छ भने गोविन्द पंगेनीले संगीत भरेका छन् । भिडियोमा गीता ढुंगाना र निक्स शर्माको अभिनय रहेको छ ।
चितवन निवासी गायिका अपेक्षा गिरीले लोकपप संगीतमा आवाज भर्दै आएकी छन् । उनले अहिलेसम्म करिव १ दर्जन लोकपप गीतमा आवाज दिएकी छन् । अपेक्षालाई उनको `सोल्टिनी´ गीतले चर्चामा ल्याएको हो । अपेक्षाका सबै गीत युट्युवमा हेर्न सकिन्छ ।
भिडियो हेर्नका लागि क्लिक गर्नुहोस् :

