कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले (असार २६ गते) मंगलबारदेखि निष्काशन गरेको आईपीओमा साढे ८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जना आवेदकबाट ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार १२० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता शेयरको ९०.७३ गुणा बढी हुन आउँछ ।
कम्पनीले आफ्नो जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत अर्थात २ लाख ४३ हजार ७३५ कित्ता शेयर साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड २१ लख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ ह्जार ८६८ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख २१ हजार ८६७ कित्ता शेयरको १० प्रतिशत अर्थात १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता शेयर गरी कुल १ लाख ३४ हजार ५४ कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरि सकेको छ ।
सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष तथा कर्मचारीहरु समेत) को लागि छुट्याइएको १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६७ कित्ता शेयर मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १२ हजार १८६ कित्ता, सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६ लाख ९ हजार ३०० रुपैइाँ ६ लाख ९३ कित्ता कित्ता र र कम्पनीमा कार्यरत कर्मचारीहरुकोलागि २ प्रतिशत अर्थात २ हजार ४३७ सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले भोली असार २९ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

