चितवनको भरतपुर महानगरपालिका वडा नम्बर – ०७ कृष्णपुरमा संचालित तारापुन्ज रिसोर्टले आफ्नो ५१% सेयर बिक्री गरेको छ । स्थापित चेन होटल एल्लो प्यागोडाले रिसोर्टको ५१% सेयर खरिद गरेको हो ।
होटल एल्लो प्यागोडाका अध्यक्ष अनिल राजभन्डारीका अनुसार सेयर खरिद गरेसङ्गै रिसोर्टको नाम परिवर्तन गरि २०८० श्रावण ०१ गतेबाट होटल एल्लो प्यागोडा चितवन राखिएको छ । ब्यबस्थापन पनि होटल एल्लो प्यागोडाको नै रहने छ । उनका अनुसार पुजि थप गरि २५ करोड पुर्याइने छ र स्टार लेभलको सुबिधा सहित होटल संचालन गरिने छ । काठमाडौं जमल कान्तिपथबाट सेवा शुरु गरेको चेन होटल एल्लो प्यागोडाको दोश्रो शाखा पोखराको ड्यामसाइडमा रहेको छ भने भरतपुरमा संचालनमा आएको यो शाखा तेस्रो हो ।
५१% शेयर होटल एल्लो प्यागोडालाई बिक्री गरिएको हो भने बाकी ४९% सेयर चितवनका उधमी व्यावसायिहरुको रहने तारापुन्ज रिसोर्टका सन्चालक रेगन पन्तले जानकारी दिए । छोड्न चाहने शेयर सदस्यहरुलाइ कानुनी प्रक्रीया पूरा गरि भदौ मसान्तसम्म ब्यबस्थापन गरिने समेत पन्तले बताए ।
उनि भन्छन हस्पिटालिटीको क्षेत्रमा होटल एल्लो प्यागोडा नेपालमै स्थापित ब्रान्ड मध्यको एक हो, उक्त ब्रान्डलाई चितवन भित्र्याउन पाउँदा गर्व लागेको छ।
करिब २३ कट्टा क्षेत्रफलमा २०७५ चैत्र ०१ गतेबाट सन्चालनमा आएको तारपुन्ज रिसोर्टले छोटो समयमानै राम्रो ख्याती कमाइसकेको थियो ।

