नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरूवा भएको छ।
उच्च स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी सरूवाको निर्णय गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीसहित पाँच एआईजीहरूको सरूवा भएको हो।
ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्य विभाग पठाइएका छन्। उनको ठाउँमा प्रशासन विभागमा कार्यरत एआईजी दीपक थापाको सरूवा भएको छ।
यस्तै प्रशासनमा कार्य विभागमा कार्यरत एआईजी मीरा चौधरीको सरूवा भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विकास विभागमा सरूवा भएको छ। मानवस्रोतमा कार्यरत एआईजी सन्दीप भण्डारी राईको स्थानमा सरूवा भएका छन्।

