पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तिमा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय जीप चालक बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडा रहेका छन् । अन्य २ जनाको आइतबार दिउँसोसम्म सनाखत हुन सकेको छैन ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए ।
दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको मांझडाँडाबाट सुन्तला बोकेर स्थानीय जीप चढेका थिए ।

