काठमाडौं । काठमाडौंको बल्खु चोकमा तोडफोड र ढुंगामुढा भएको छ ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि झडप भएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।
त्यही बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो ।

