चितवनको कालिका नगरपालिका वडा नम्बर १० स्थित सिद्दी छात्रावासका विद्यार्थीहरु लाई युवा मञ्च सामाजिक संस्थाको अगुवाईमा आज एक कार्यक्रमका बिच खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । छात्राबासका प्रमुख भरत चेपाङले खाद्यान्नको अभावले विद्यार्थीहरु भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको भन्दै सामाजिक संजालमा सहयोगको अपिल गरेपछी युवा मञ्चको समन्वय र विभिन्न दाताहरुको सहयोगमा खाद्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी सामाजिक अगुवा लक्ष्मण गौतम र बिशिष्ठ अतिथी सिद्दी छात्राबासका प्रमुख भरत चेपाङ तथा युवा मञ्चका विभिन्न पदाधिकारी आतिथी रहनु भएको थियो । हस्तान्तरण कार्यक्रममा छात्राबासमा अभाब रहेको चामल , दाल, तेल, भुजा , नुन ,चाउचाउ , तरकारी लगायतको करिव ६२ हजार रुपैया बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अगुवा राजु खरेलले संचालन गर्नु भएको कार्यक्रम अध्यक्ष तुलसी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका सभापति भट्ट्ले आगामी दिनमा समेत सहयोग गर्ने बताउदै बालबालिकाको भबिष्य सुनिश्चित गर्न सबैको सहयोग आबश्यक भएको बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा छात्राबासका प्रमुख चेपाङ ले आभार ब्यक्त गर्दै विद्यार्थीहरुको पढने र बाच्न पाउने अधिकार लाई सहयोग पुर्याउन अपिल गर्नु भएको थियो । छात्रावासमा हाल विभिन्न स्थानमा घर भै बिपन्न , जोखिममा परेका, अभिभावक बिहिन ५४ जना बालबालिका रहेका छ्न । उनिहरु सोही स्थानको विभिन्न कक्षामा अध्यन गर्ने गरेका छ्न ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

