चितवनको कालिका नगरपालिका वडा नम्बर १० स्थित सिद्दी छात्रावासका विद्यार्थीहरु लाई युवा मञ्च सामाजिक संस्थाको अगुवाईमा आज एक कार्यक्रमका बिच खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । छात्राबासका प्रमुख भरत चेपाङले खाद्यान्नको अभावले विद्यार्थीहरु भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको भन्दै सामाजिक संजालमा सहयोगको अपिल गरेपछी युवा मञ्चको समन्वय र विभिन्न दाताहरुको सहयोगमा खाद्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी सामाजिक अगुवा लक्ष्मण गौतम र बिशिष्ठ अतिथी सिद्दी छात्राबासका प्रमुख भरत चेपाङ तथा युवा मञ्चका विभिन्न पदाधिकारी आतिथी रहनु भएको थियो । हस्तान्तरण कार्यक्रममा छात्राबासमा अभाब रहेको चामल , दाल, तेल, भुजा , नुन ,चाउचाउ , तरकारी लगायतको करिव ६२ हजार रुपैया बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अगुवा राजु खरेलले संचालन गर्नु भएको कार्यक्रम अध्यक्ष तुलसी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका सभापति भट्ट्ले आगामी दिनमा समेत सहयोग गर्ने बताउदै बालबालिकाको भबिष्य सुनिश्चित गर्न सबैको सहयोग आबश्यक भएको बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा छात्राबासका प्रमुख चेपाङ ले आभार ब्यक्त गर्दै विद्यार्थीहरुको पढने र बाच्न पाउने अधिकार लाई सहयोग पुर्याउन अपिल गर्नु भएको थियो । छात्रावासमा हाल विभिन्न स्थानमा घर भै बिपन्न , जोखिममा परेका, अभिभावक बिहिन ५४ जना बालबालिका रहेका छ्न । उनिहरु सोही स्थानको विभिन्न कक्षामा अध्यन गर्ने गरेका छ्न ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

