काठमाडौँ- चलचित्र निर्देशक निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ले बक्स अफिसमा राम्रै सफलता पायो । ट्रेन सेटरका रुपमा समेत परिचित निश्चल निर्देशन तथा अभिनयमा सक्रिय छन् । तर पछिल्लो समय निर्माणका रुपमा दिमाग खराब पनि ल्याएका थिए । यतिखेर उनले श्रीमती अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माताको रुपमा ल्याउने तयारीमा छन् ।
केही महिनादेखि लोकेशनमा बसेर कथा र आञ्चलिकतामा काम गरिरहेका निश्चल तथा स्वास्तिमाले चितवनको मेघौलीबाट नयाँ फिल्म ‘बेहुली फ्रम मेघौली’का शुभमर्हत गरेका छन्, जसमा अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्ममार्फत निर्मात्रीमा डेब्यु गर्दैछन्।
बुधबार चितवनको एक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो।
चितवनको मेघौलीमा हुने छायाङ्कन एकमहिनासम्म चल्नेछ। स्वस्तिमा खड्कासहित फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ।
सजन काफ्ले र आकाश बरालको निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको अभिनय रहनेछ।
कमेडी-सोसल जनरामा बन्ने यस फिल्मलाई आगामी वर्षको दसैंमा रिलिज गर्ने निर्माणटिमको योजना छ।
फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का रहेका छन्। आगामी वर्षको दशैंमा रिलिज गर्ने निर्माणटिमको लक्ष्य रहेको छ।