चितवन , बैशाख , १० – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाले घातक रोग वापत बीमितलाई २ लाख रकमको चेक हस्तान्तरण गरेको छ । कार्यालयमा एक कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २ लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं ४ बैदिकनगर निवासी बीमित लक्ष्मी सिग्देललाई २ लाख बीमाङ्क बराबर रकमको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक बिमित सिग्देल लाई कम्पनीले आयोजना गरेको चेक हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखा प्रमुख गोकर्ण बहादुर कार्की र नारायणगढ शाखाका सिनियर एजेन्सी म्यानेजर प्रेम अछामीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।बीमित सिग्देल लाई बिमा सुरक्षा बाफत सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा बाट २ लाखको बीमा लाभ प्रदान गरेको साथै कम्पनीले २० वटा घातक रोग विरुद्धको रक्षावरण अन्तर्गत सो रकम निजलाइ क्यान्सर रोग लागेपछी उपचार पश्चात् कम्पनीको नियमानुसार विमा राहत वाफत रकम कम्पनीले प्रदान गरेको नारायणगढ शाखा कार्यालय प्रमुख गोकर्ण बहादुर कार्की बताउनु भयो ।
यस्तै सोही कार्यक्रममा चेक प्राप्त गरेपछि बिमित सिग्देलले हर्ष प्रकट गर्दै सुरक्षाका बिषयमा आफू अनभिज्ञ भएकै अबस्थामा ५ बर्ष अगाडी सानो बिमा गरेकोमा हाल आएर बिमा सुरक्षाका कारण आफ्नो उपचारमा बिमा कम्पनीको सहयोगले थप उपचारका लागि सहज भएको बताउदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । उहाँले सोही कार्यक्रममा सानो लगानीले ठूलो सुरक्षा महसुस भएको बताउदै बिमाको महत्त्व बुझेर सबैले बिमा गर्नु पर्ने कुरा समेत बताउनु भयो ।