तनहुँ, जेठ २ – नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ ।
मंगलबार राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।
अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।