चितवन, जेठ ५ – भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको जखडीमाइ मन्दिरको दर्ता पछिको प्रथम साधारणसभा एवम् अधिवेशन आज शनिबार सम्पन्न भएको छ। अधिवेशनले चन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मिना दाहाल खड्का र धनकुमारी सापकोटा सचिबमा राजेन्द्र वाग्ले कोषाध्यक्षमा होमबहादुर मगर सहसचिवमा शारदा खड्का र अन्य सदस्यहरु रहनु भएको छ ।
बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि भरतपुर ११ का वडा अध्यक्ष कमल बहादुर मल्ल रहनु भएको थियो । कार्यक्रममा बिशिष्ठ अतिथी गणेधाम संरक्षण सम्वर्द्धन समितिका उपाध्यक्ष रबिन्द्र बराल , नवजागृति सामुदायिक वनका पुर्व अध्यक्ष पुस्तक प्रसाद गौतम , कैलाश प्रगतिशिल आमा समुहका अध्यक्ष अम्बिका लामिछाने लगायतले अधिबेशन सफलताको शुभकामना राख्नु भएको थियो । अधिवेशन उदघाटन सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको हो ।
Breaking News
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न

