नेपाली कांग्रेससहित विपक्षी ५ दलले प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।
बानेश्वरमा कांग्रेसको अगुवाइमा बसेको विपक्षी ५ दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।
‘कांग्रेससहितको विपक्षी ५ दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ,’ छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले लोकान्तरसँग भने, ‘गृहमन्त्रीको भनाइ चित्त बुझ्यो भने मात्रै संसद् बैठक अगाडि बढ्छ ।’
गृहमन्त्रीको भनाइ चित्त नबुझेमा अवरोध कायमै रहने उनले खुलाए
कांग्रेससहितका विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।