काठमाडौं । सहकारी ठगीबारे बनाउने छानबिन समितिको टीओआर आज टुंगो लाग्न सकेन । भोलि शीर्ष तीन नेता बसेर सहमति जुटाउने सहमति भएको छ ।
आज कार्यदलको बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा नपुगेको हो । स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा भाेलि बिहान ९ बजे बैठक बस्ने भएका छन् ।