चितवन, जेठ १४ –
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जारी छ । आगामी नेतृत्व चयनका लागि भोलि बिहानबाट निर्वाचन गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।
७६१ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । ती प्रतिनिधिले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछन् ।
निर्वाचन अधिकृत भण्डारीका अनुसार एमाले चितवनको अध्यक्षमा कमलराज पाठक र घनश्याम कँडेलको उम्मेद्वारी परेको छ । पाठक हालका जिल्ला कमिटी उपाध्यक्ष हुन् भने कँडेल संगठन विभाग प्रमुख थिए ।
त्यसैगरी उपाध्यक्षमा श्याम विष्ट र कृष्णकुमार डल्लाकोटीको उम्मेद्वारी परेको छ । सचिवमा प्रकाश ढुङ्गाना र पदमपाणी सुवेदीको उम्मेद्वारी परेको छ । त्यसैगरी उपसचिवहरुमा केशव आचार्य, गोपाल परियार, टिकाराज रिजाल र मिन बहादुर परियारको उम्मेद्वारी परेको छ ।
त्यसैगरी उपसचिव महिलामा जानकी शर्मा र ज्वाला पुरी वनको उम्मेद्वारी परेको निर्वाचन अधिकृत जगन्नाथ अर्यालले जानकारी दिए ।
सदस्यहरुको कलष्टरमा केही पालिकाले सहमति गरेका छन् भने केहीमा चुनाव हुँदैछ ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

