चितवन , जेठ २६ – नेकपा एमाले निकट अखिल नेपाल महिला संघ निर्वाचन क्षेत्र नं ३ चितवनको प्रथम सम्मेलन आज शनिवार पर्यटकीय नगरी पटिहानीमा सम्पन्न भएको छ।
सम्मेलनले शर्मिला थापाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कोपिला क्षेत्री र लक्ष्मी खनाल ,सचीवमा सिर्जना अधिकारी, कोषाध्यक्ष तुलसी भुसाल , सहसचिव शिला रानाभाट सहित ३१ सदस्यीय कमिटी गठन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले पार्टी स्थायी कमिटी सदस्य सीता पौडेल , विशिष्ठ अतिथि एमाले केन्द्रिय सदस्य यम बहादुर परियार र केन्द्रीय सदस्य प्रभा बराल रहनु भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा प्रदेश कमिटी सदस्य अन्जान तिमिल्सिना र विमला दुवाडी , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार विष्ट लगायत रहनु भएको थियो । एमाले नेतृ सरस्वती बिष्टको अध्यक्षतामा भएको सम्मेलन कार्यक्रम संचालन अन्जना गौतम र स्वागत सीता तिवारीले गर्नु भएको हो ।
Breaking News
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

