चितवन , असार १९ – ब्लड डाेनर्स साेसाइटि नेपालकाे आयाेजनामा माडीमा सञ्चालित रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन् ।
माडीकाे बसन्तपुरमा सञ्चालित रक्तदान कार्यक्रममा ६५ पुरुष र २१ महिला सहित कुल ८६ जनाले रक्तदान गरेका हुन् ।
यसैबिच, संस्थाले माडी नगर समिति समेत गठन गरेकाे छ । डोलनाथ आचार्य काे अध्यक्षतामा गठित समितिले ११ सदस्यीय नगर समिति गठन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा नवीन बस्याल , सचीव शृजा क्षेत्री, सहसचिव विजय चपाई , कोषाध्यक्ष हरि रानाभाट र सह-कोषाध्यक्षमा राकेश चौधरी चयन हुनुभएकाे हाे । साथै सदस्यहरुमा फिरल महतो, भरत ढकाल,भारती न्यौपाने, रिता भट्टराई र पुनम सुनार चयन हुनुभएको हो ।