राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकाल पार्टीको बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएका छन् । बुधबार भएको बैठक पार्टीले लाइभ नगर्ने निर्णय गरेपछि आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएको भन्दै कालो टेप लगाएर उपस्थित भएको जनाएका छन् ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको तर, लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति पार्टी सभापतिले नदिएको उनको भनाइ छ ।