चितवन , असार २१ – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले दुर्घटनामा परि मृत्यु भएका ईशान गेलाङको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो।
कम्पनीले लुम्बिनी आवासीय माध्यमिक बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको थियो । सोही अनुरुप कम्पनीले बीमा गरेको ७ दिनमै उक्त विद्यालयका छात्र गेलाङको दुर्घटना भई मृत्यु भएको हुँदा सोही वापत प्रक्रिया पुगेको ६ दिनमै कम्पनीले १ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दियको हो |नयां कम्पनी भयपनी दाबि भुक्तानी प्रक्रियामा कुनै कठिनाइ नभयको कम्पनीका प्रबन्धक प्रयास श्रेष्ठले बताउनुभयो |दाबि भुक्तानी कार्यक्रमको सहजीकरण कावासोती शाखाका शाखा प्रबन्धक सुनिता पोखरेलले गर्नूभयको थियो |