चितवन , असार २२ – गएराती देखि परेको अबिरल बर्षाका कारण खोलाहरु बढेपछि माडीमा यातायात अबरुद्ध भएको छ ।देशका अधिकांश क्षेत्रसंगै माडीमा पनि निरन्तर बर्षा भइरहेसंगै खोलाहरु बाढीग्रस्त भएका कारण सडक मार्ग अवरूद्ध भएको हो ।
बाढीका कारण माडीको घाँघर खोलामा यातायात अवरुद्ध भएको छ । तीन भंगालोमा बाँडिएको दुबै खोलामा पानीको बहाव उच्च रहेको र खोलामा बाटो बिग्रिएकाले सवारी साधनहरु वारपार हुन सकेका छैनन । बाढीकै कारण परूइ र माडीका अन्य (भित्री) खोलाहरुमा समेत यातायात प्रभावित रहेको माडी ८ का निबर्तमान वडा अध्यक्ष कृष्णराज अधिकारीले बताउनु भयो ।
पुल निर्माण पुरा भइनसकेको सो खोलामा सवारी साधन वारपार हुन नसक्दा माडी ९ पुरै वडा यातायात सम्पर्कबाट बिच्छेद हुनपुगेको हो । माडीमा पुल नभएका खोलाहरूमा गाडी तर्न सक्ने अबस्थामा नरहेको बताइएको छ । माडी क्षेत्रका चितही , मुगही , बादरमुढे लगायतका खोलामा समेत पानीको बहाव उच्च रहेकाले सबैलाई सचेत रहन ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले आग्रह गरेको छ ।
फोटो : फाइल