चितवन, असार २२ – भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर प्रकाशित भएको छ ।
मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको भारतीय मिडिया इष्टमोजोले जनाएको हो । मेघालयको East Jaintia Hills (EJH) स्थित Umpleng गाउँमा हात बाँधिएको अवस्थामा चारजनाको शव भेटिएको इष्टमोजोले जनाएको छ ।
मृत्यु हुने एक जनाको पहिचान समेत भएको जनाइएको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । मृत्यु हुने अन्य ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।