चितवन , असार २३ – नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिबार राति सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वर्षका ओम बहादुर गुरुङ र ४२ वर्षका खुमबहादुर गुरुङ छन् । बाढीमा फसेका ३५ वर्षका रमेश बोट भने आफैं पौडिएर निस्किएका थिए ।
उनीहरु नवलपरासीको गैंडाकोट नगरपालिका–६ बुटवलबजारस्थित नारायणी नदीमा माछा मार्ने क्रममा फसेका थिए । घटनाबारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्धार हुन नसकेपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोली पठाइएको थियो । गोताखोरको टोलीले पाँच घण्टाको प्रयासपछि शनिबार राति सवा १० बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
फोटो : ससत्र प्रहरी वल
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

