चितवन , साउन २ – गैडाकाे आक्रमणबाट माडीमा एक जना पुरुष घाइते भएका छ्न । आक्रमणमा परि माडी -८ खरकट्टा निवासि मिलन लामा घाइते भएका हुन ।
खर्कट्टा निवासी माेहन भण्डारीकाे घरमा काम गर्दै आएका मिलन लामालाई खरकट्टा टावर देखि कान्तिपुर जाने बाटाेमा गए राती करिब ११ बजे गैडाले आक्रमण गरेकाे हाे । अन्दाजी ५० बर्षका लामालाई गैंडाले आक्रमण गरेकाे हाे। गैंडाको आक्रमणबाट लामाको देब्रे काेखाेमा ठुलाे चाेट लागेका जनाइएकाे छ । हाल उनलाइ उपचारकाे लागि बघाैडा अस्पतालबाट भरतपुर रिफर गरिएकाे स्थानियले बताएका छन् ।