चितवन , साउन १२ – नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १८ मिलनचोक घर भएका ५१ बर्षका प्रेम बहादुर थापा मगर बेपत्ता भएका हुन ।
भरतपुर १७ मदन भण्डारी पार्क नजिकैबाट उनि मध्यान्न १२ वजे नदीमा हाम फालेर बेपत्ता भएका हुन् । बेपत्ता भएका प्रेम बहादुरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।