चितवन , साउन २६ – नेपाली हर्ट ग्रुप चितवन कार्य समितीको दोस्रो साधारण सभा र प्रथम अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालको लागी अध्यक्ष सुवास वराल रहेको नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा तुलसा ढकाल , सचिव विष्णु ढुगांना , कोषाध्यक्ष कोपिला अर्याल सह सचिव प्रदिप खनाल सह कोषाध्यक्ष सुभद्रा भण्डारी अर्याल रहनु भएको छ । त्यस्तै नवगठित कार्यसमिति को सदस्यहरु दिनेश सिलवाल ,अप्सरा उप्रेती , देवकी ढुंगाना , जिवन तिरुवा , नारायण सुवेदी लाई निर्विरोध रूपमा निवार्चित गरेको हो l आज भएको दोस्रो साधारण सभा र प्रथम अधिवेशन कार्यक्रमको प्रमुख अतिथी समाजिक अभियन्ता अर्जुन भुषाल र विशिष्ट अतिथीहरुमा युवा मञ्च सामाजिक संस्था चितवनका अध्यक्ष तुलसी प्रसाद ढकाल , जन्मभुमी सामाजिक संस्थाका संस्थापक अध्यक्ष इन्द्र प्रसाद आचार्य , केन्द्रिय वरिष्ट उपाध्यक्ष शम्भु प्रसाद लम्साल , राजु खरेल तथा अन्य अतिथीहरु रहनु भएको थियो । कार्यक्रममा संस्थाले हाल सम्म भए गरेका काम र आगामी दिनमा समाजमा गरिने भुमिकाका सन्दर्भमा बिचार ब्यक्त गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सल्लाहकार कृष्ण पुरीले गर्नु भएको थियो l
Breaking News
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

