चितवन , भाद्र ८ – भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर चोक मर्स्याङदी टोलमा सम्साझै बाघ कराएको सुनेपछी स्थानीयवासीहरु त्रसित बनेका छ्न । आज बिहान मर्स्याङदी टोलको मार्ग नम्बर १ र २ बिचको कोदोवारीमा बाघ हिडेको पाइला देखेका स्थानियहरुले अहिले साझ मार्ग नम्बर ११ को झाडीमा बाघ कराएपछि स्थानियवासीहरु त्रसित बनेका हुन ।
गएराती बाघ कोदोवारीको बाटो हुँदै गएको र दिनभर ११ नम्बर मार्ग नजिक झाडीमा बसेको र अहिले साझ कराएको सुनेपछि स्थानियहरुले कृष्णपुर चौकी लाई खबर गरेका थिए । प्रहरीको टोलि बाघ कराएको स्थानमा आएको भएपनि रातको समय भएकाले बाघ भए नभएको एकिन गर्न समस्या भएको प्रहरी चौकी कृष्णपुरका इन्चार्ज कृष्ण प्रजाले बताउनु भयो ।
स्थानियले बिहान कोदोबारीमा बाघ हिडेको पाइलाको फोटो खिचेर एकिन गर्न चितवन राष्ट्रिय निकुन्जको कार्यालय कसरामा पठाएको र सो पाइला बाघकै भएको निकुञ्जले बताएको उनिहरुको भनाइ छ ।