चितवन ,भदौ १४ – प्रेस चौतारी नेपाल चितवन शाखाले विभिन्न पत्रकारितासहितको पुरस्कार प्रदान गर्ने भएको छ । चौतारी चितवन शाखाको शुक्रबार बसेको बैठकले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार , जाेखिम पत्रकारिता पुरस्कार, स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने निर्णय गरेको हो । बैठकले चौतारिका सदस्य स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको समेत घोषणा गरेको छ । कोषका लागि आवश्यक कार्यबिधी समेत बैठकले पारित गरेको चौतारिका चितवन अध्यक्ष सुवास पण्डितले जानकारी दिए । सो कोषमा जिल्ला अध्यक्ष सुवास पण्डितले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सो रकम जम्मा गरेका हुन् । चौतारीले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार ,जोखिम पत्रकारिता पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्दै आएकोमा यस बर्ष स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न लागेको अध्यक्ष पण्डितले बताए ।
बैठकले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार वितरणका लागि चौतारिका अध्यक्ष पण्डितको संयोजकत्वमा डाक्टर तिलचन्द्र भट्टराई र पत्रकार महासंघका पुर्व अध्यक्ष जनक अर्याल सदस्य रहने गरि समिति बनाएको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न शाखा अध्यक्ष पण्डितकै संयोजकत्वमा प्रदेश सहइन्चार्ज शालिग्राम नेपाल र चौतारी चितवनका पुर्व सचीव नारायण सापकोटा सदस्य रहेको समिति तथा जोखिम पत्रकारिता पुरस्कार वितरणका लागि शाखा अध्यक्ष पण्डितको संयोजकत्वमा जिल्ला इन्चार्ज प्रतिमा सिलवाल र जिल्ला सचीव ध्रुवराज खनाल सदस्य रहेको समिति बनाएको छ ।
स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको खाता ग्लोबल आइएमइ बैंकमा शाखा अध्यक्ष ,सचिव र कोषाध्यक्षको हस्ताक्षर रहने गरि खोल्ने निर्णय गरेको छ ।
बैठकले आगामी भदौ १९ गते विहान देवघाटकाे वृद्राश्रममा दर खुबाउने निर्णय गरेको छ । हरितालिका तिजको अवसर पारेर देवघाटको वृद्धाश्रमा तथा चाैतारीका महिला दिदिबहिनीहरूलाई साेही दिन दर खुबाउने भएको छ । बैठकले चाैतारीका सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने, चौतारिका सदस्यलाई प्रशिक्षण कार्यक्रम असोज पहिलो साता गर्ने निर्णय समेत गरेको प्रेश चौतारी चितवनका सचिव ध्रुवराज खनालले जानकारी दिए । त्यस्तै प्रेस चाैतारीकाे आर्थिक बर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ काे लेखा परीक्षण प्रतिवेदन पारित पनि गरेको छ ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

