चितवन ,भदौ १५- नेकपा (एमाले)को सङठित सदस्यको आधारमा देशकै ठूलो वडा भरतपुर महानगरपालिका-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएको छ । कार्की यस अगाडिको कमिटिमा सचिबको कार्यभार सम्हाल्दै आउनु भएको थियो । आज (शनिवार) सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा खेम सुवेदी,सचिवमा हरी आचार्य शर्मा,सहसचिवमा बिष्णुमाया पोखरेल र सिता बास्तोला निर्वाचित हुनुभएको हो ।
आज सम्पन्न अधिबेशनले पदाधिकारी लगायत सदस्यको चयन गरेको हो । अधिवेशनको पार्टी पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

