चितवन ,भदौ १५- नेकपा (एमाले)को सङठित सदस्यको आधारमा देशकै ठूलो वडा भरतपुर महानगरपालिका-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएको छ । कार्की यस अगाडिको कमिटिमा सचिबको कार्यभार सम्हाल्दै आउनु भएको थियो । आज (शनिवार) सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा खेम सुवेदी,सचिवमा हरी आचार्य शर्मा,सहसचिवमा बिष्णुमाया पोखरेल र सिता बास्तोला निर्वाचित हुनुभएको हो ।
आज सम्पन्न अधिबेशनले पदाधिकारी लगायत सदस्यको चयन गरेको हो । अधिवेशनको पार्टी पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
Breaking News
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
- सिमसार स्वास्थ्य सम्वन्धी कार्यक्रम सम्पन्न
- आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

