चितवन , भदौ १७- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङ्दी टोल बिकास संस्थाको क्षेत्र भित्र बसोबास गर्ने महिलाहरुले आफ्नो तिज खर्च कटाएर चेपाङ बिद्यार्थीहरु लाई खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरेका छ्न । चितवनको कालिका नगरपालिका वडा नम्बर १० सिद्दी स्थित सिद्दी छात्रावासमा रहेका ६५ जना चेपाङ बिद्यार्थीहरु लाई करिव ९० हजार बराबरको दैनिक उपभोग्य सामाग्री सहयोग हस्तान्तरण गरेका हुन ।
केही दिन अगाडी छात्रावासमा रहेका बिद्यार्थीहरु भोकभोकै रहेको समाचार सार्बजनिक भएको देखेपछि टोलमा रहेका आमादिदी बहिनीहरुले स्वस्फूर्त रुपमा चामल दाल लगायतको खाद्यान्न संकलन गरि आज परेको कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको अबसर पारि एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी मर्स्याङ्दी टोल बिकाश संस्थाका अध्यक्ष कालीमाया गुरुङ , अथितीहरुमा टोल बिकास संस्थाका पुर्व अध्यक्ष ज्ञानु लौडारी , पुर्व अध्यक्ष प्रकाश सापकोटा , टोल बिकाश संस्थाका सचिब पृतिमा ठाडा , सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाकी टिम लिडर लक्ष्मी लामिछाने , एजेन्सी म्यानेजर कोपिला गौतम , एजेन्सी म्यानेजर तथा सहयोगी दल बहादुर खत्री , पत्रकार लक्ष्मण गौतम , सामाजिक अगुवा तथा सहयोगी शोभा आले , ज्योती बस्नेत , चन्द्रकान्त घिमिरे , डिमा पाण्डे लगायतको सहभागीता रहेको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत महिला कर्मचारीहरुले तिज खर्च कटाएर जम्मा गरेको रकम , मर्स्याङ्दी टोलका आमादिदी बहिनिहरुले जम्मा गरेको सामान तथा विभिन्न सहयोगीहरुबाट प्राप्त भएको सहयोग बाट करिव २५ बोरा चामल , तेल , दाल , तरकारी लगायको सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा छात्रावासका प्रमुख भरत चेपाङले सहयोगी सबै लाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थी बालबालिकाको भोकमा भोजन गराउन र अनिकाल बाट बचाउन गरिएको प्रयास प्रती आभार ब्यक्त गर्नु भएको थियो । सामाजिक अगुवा साङ्गिला आलेले संचालन गर्नु भएको हस्तान्तरण कार्यक्रमको अध्यक्षता छात्रावासका प्रमुख भरत चेपाङले गर्नु भएको थियो ।
Breaking News
- सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता
- होर्मुज जलघाँटी खोल्ने घोषणापछि तेलको मूल्यमा तीव्र गिरावट, शेयर बजारमा पनि उतारचढाव
- धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण
- यात्रुबाहक बसको ठक्करबाट युवतीको मृत्यु
- बिक्रमबाबा मेलाको फोहोर व्यवस्थापनः सरोकारवालाहरुले उचित ध्यान पुर्याउन नसकेको अध्ययन टोलीको निष्कर्ष
- विद्यालयबाट कलम किन्न भनेर निस्किएका दुई बालकको नारायणीमा डुबेर ज्यान मृत्यु
- पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने
- सम्पर्कविहीन प्रशासकीय अधिकृतलाई फेसबुकबाट मेयरको आग्रह- घर बस्न दिक्क भो होला, अफिस आउनुस्

