काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ। ‘समृद्धि तपाइँको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ यो कम्पनीले २०७४ साल कात्तिक २ गतेबाट व्यावसायिक करोबार सुरु गरेको थियो।
कम्पनीले प्रधान कार्यालयसमेत १३६ शाखा तथा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा प्रदान गरिरहेको छ। कम्पनीका अनुसार ७ वर्षको अवधिमा बीमितले ५ अर्ब ८० करोड ८७ लाख दाबी भुक्तानी पाएका छन्। यसैगरी १४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गर्न सफलता मिलेको छ। १९ अर्ब ८ करोड रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब ३ करोड रुपैयाँबराबरको जगेडा तथा कोष छ। कम्पनीको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ।
सिटिजन लाइफले ७ वर्षको अवधिमा जम्मा ९ वटा बीमालेख प्रचलनमा ल्याएको छ भने कुल ११ लाख ८९ हजार बीमित रहेका छन्। कम्पनीमा २९ हजारभन्दा बढी सक्रिय अभिकर्ता छन्।
सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम
कम्पनीले सातौँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरका शाखा तथा उपशाखा कार्यालय र प्रधान कार्यालयमार्फत सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम सञ्चालन गर्दैछ। कम्पनीले यस वर्ष बीमा सचेतनालाई विशेष प्राथमिकतामा राखेको छ। अझै पनि धेरै नेपालीमा जीवन बीमासम्बन्धी जानकारी एवं चेतनाको अभाव रहेकाले जनसमुदायमा जीवन बीमाप्रतिको जनचेतना वृद्धिका लागि सडक ¥याली र घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। यसका साथै कम्पनीका शाखाले अन्य संघसंस्थासँगको सहकार्यमा जीवन बीमासम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ। यसैबिच सिटिजनले आज चितवनको नारायणगढ बजारमा प्रभातफेरी र मोटर साइकल र्याली सम्पन्न गरेको छ । नारायणगढ बजार बाट सुरु भएको र्याली भरतपुरका विभिन्न स्थानको परिक्रमा गर्दै शहिदचोक आएर जम्मा भएको हो ।