चितवन, बैशाख ३० – प्राध्यापकहरुको आन्दोलनका कारण आफुहरु अध्यन गर्न नपाएको भन्दै माडी क्याम्पसका विद्यार्थीहरुले क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको कुर्ची जलाएका छन् ।
आन्दोलनका कारण सयौ विद्यार्थीहरुको भबिष्यमाथी खेलवाड भएको भन्दै माडी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले आज बिहान क्याम्पस प्रमुख र क्याम्पस व्यवस्थापन समिति अध्यक्षको कुर्ची जलाएका हुन ।
क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले गत शुक्रबारदेखि पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएसंगै बन्द रहेको क्याम्पस सञ्चालन सुचारु गर्न आवश्यक पहल नलिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री र व्यवस्थापन समिति अध्यक्ष शिवनारायण गुरौको कुर्चीमा आगजनी गरेका हुन् ।
तलब स्केल न्यूनतम मा.वि. द्वितिय श्रेणीको शिक्षक सरह कायम हुनुपर्ने’, ‘क्याम्पसमा गरिने निणर्यहरु क्याम्पसको विधान तथा क्याम्पस सञ्चालन कार्यविधिभित्र रही गर्नुपर्ने’, ‘प्राज्ञिक थलोमा प्राज्ञिक व्यक्तिहरूबाट प्राज्ञिक व्यवहारको सुनिश्चितता हुनुपर्ने’ लगायतका मागहरु समेत प्राध्यापकहरुले केही दिन अगाडी बाट आन्दोलन गर्दै पठनपाठन बन्द गर्दै आएका छ्न ।
विद्यार्थीको भबिष्य अन्योलमा परेको भन्दै बन्द क्याम्पस खुला गर्न स्व.वि.यु. एवं विद्यार्थी संगठनहरुको माग रहेको छ ।
‘

