चितवन , जेठ २६ – नेकपा एमाले निकट अखिल नेपाल महिला संघ निर्वाचन क्षेत्र नं ३ चितवनको प्रथम सम्मेलन आज शनिवार पर्यटकीय नगरी पटिहानीमा सम्पन्न भएको छ।
सम्मेलनले शर्मिला थापाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कोपिला क्षेत्री र लक्ष्मी खनाल ,सचीवमा सिर्जना अधिकारी, कोषाध्यक्ष तुलसी भुसाल , सहसचिव शिला रानाभाट सहित ३१ सदस्यीय कमिटी गठन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले पार्टी स्थायी कमिटी सदस्य सीता पौडेल , विशिष्ठ अतिथि एमाले केन्द्रिय सदस्य यम बहादुर परियार र केन्द्रीय सदस्य प्रभा बराल रहनु भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा प्रदेश कमिटी सदस्य अन्जान तिमिल्सिना र विमला दुवाडी , एमाले जिल्ला उपाध्यक्ष श्याम कुमार विष्ट लगायत रहनु भएको थियो । एमाले नेतृ सरस्वती बिष्टको अध्यक्षतामा भएको सम्मेलन कार्यक्रम संचालन अन्जना गौतम र स्वागत सीता तिवारीले गर्नु भएको हो ।
Breaking News
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- थाइल्यान्डमा पक्राउ परिन् तुलसा कलेक्सनकी टिकटकर
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स

