१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् ।
सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।
पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FUMLprezKPSharmaOli%2Fposts%2Fpfbid031zhFEryAyFspmGcpXUSusmeL5kQiDLux7dBrR25QaKyzaLMmnMriGoGVWnub3GcJl&show_text=true&width=500

