काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछि नेताको प्रतिगामी सोच अझै परिवर्तन नभएको बताउनुभएको छ । मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामीले ठूलो संघर्ष गरेर संविधानसभाबाट संविधान जारी गरेपनि प्रतिगामी सोचका केही नेताका कारण अझै प्रतिगमन रहेनछ । मैले सम्झेको थिएँ संविधान जारी भएपछि देश विकासले गति लिन्छ । तर, गोरुगाडावाला नेताको सोचले अझै प्रतिगमनको खतरा छ ।’
उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै गोरुगाढा प्रवृत्तिका विरुद्ध लड्न आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो ।

