धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ३८ अंकले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलव १४ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ अंकले उकालो लागेर तीन सय ६३ दशमलव शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अंकको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।
सो कम्पनीको रु तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक रु दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक रु दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको रु एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर नौ दशमलव ९७, बिन्दवासिनी हाइड्रोपावर चार दशमलव ३७, विशाल बजार कम्पनी चार दशमलव शून्य चार, नारायणी डेभलपमेन्ट बैंक तीन दशमलव दशमलव ४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले दुई दशमलव ७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र सात दशमलव ७३, सामुदायिक लघुवित्त सात दशमलव ६७, अभियान लघुवित्त छ दशमलव ५९, हिमालयन पावर पाटर्नर पाँच दशमलव ६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

