आइतबार काठमाडौं आएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि भेट हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले यसअघि संसद बैठकबाट अमरिकी एमसीसी परियोजना पारित गरेको थियो । त्यसको कार्यान्वयनका विषयमा नुल्याण्डले चासो राख्ने बताइएको छ ।
साहीअनुसार नुल्याण्ड आज ११ बजेपछि परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गर्ने कार्यतालिका रहेको बताइएको छ । सिंहदरबारमा हुने सो भेटमा पनि नुल्याण्डले एमसीसी परियोजनाबारे मन्त्री पौडेलसँग छलफल गर्नेछिन् । नुल्याण्डले उच्चस्तरीय राजनीतिक भेटघाटसँगै नेपालको सांस्कृतिक सम्पदाको भ्रमण गर्ने र सहयोगको प्रतिवद्धता गर्ने बताइएको छ ।

