रास्वपा सभापति रवि लामिछानेका चालक तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएपछि महामन्त्री मुकुल ढकालका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान पौने ४ बजे चितवनमा रविका चालक घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएका थिए ।
यसैले राति सँगै सुतेका महामन्त्रीका ढकालका चालकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
चितवन प्रहरीका अनुसार घाइते भएका लामिछानेका चालक दिलबहादुर थापासँग सुतेका ढकालका चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

