काठमाडौं । संघीय संसदको बर्खे अधिवेशन अर्थात बजेट अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ ।
संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबारदेखि सुरु हुन लागेको हो । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक दिउँसो ४ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु हुँदैछ ।
प्रतिनिधिसभाको बैठकमा आज सभामुखले राष्ट्रपतिबाट प्राप्त संसद अधिवेशन आव्हान सम्बन्धि पत्रको व्यहोरा र मन्त्रिपरिषद् विस्तारको पत्र पढेरर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल र ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्नेछन्
यस्तै अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।
। पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गरेका हुन ।

