प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक भारतीय प्रधानमन्त्रीका तर्फबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्ने स्पष्ट विचार आएको बताएका छन् ।
प्रतिनिधिसभामा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्रीले कुटनीतिक संयन्त्रमार्फत् सीमा समस्या समाधान गर्नुपर्ने आफ्रनो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्प्ष्ट विचार राखेको बताएका हुन् ।
‘सीमा सम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । स्थापित कुटनीतिक संयन्त्र मार्फत समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग गम्भीर आग्रह गरेको छु’ प्रधानमन्त्रीले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले पनि थाती रहेका सीमा समस्या समाधान गरिनेछ भन्ने विषय स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रमबाट स्पष्ट विचार आएको पहिलो र सकारात्मक अभिव्यत्ति हो ।’
प्रधानमन्त्रीले बोल्नुअघि एमाले सांसद योगेश भट्टराईले कालापानी छोडेर बंगलादेशसँग पहुँच हुने जमिनबारे भएको छलफलको विषयबारे प्रश्न उठाएका थिए ।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा कुनै पनि शर्तमा हाम्रो संविधानले विदेशीलाई दिने हक प्रधामन्त्रीलाई दिएको छैन । प्रधानमन्त्रीले के आधारमा बंग्लादेशको बाटोको कुरा गर्नुभएको हो ? १९९७ मा हामीले यो बाटो पाएका छौं’ भट्टराईले भनेका छन्, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्र बन्धक राख्ने र बेच्न सक्दैन । छिमेकीसमैत्रीपूर्ण सम्बन राख्छ राख्छौं तर लम्पसारवादका पक्षमा हामी उभिदैनैं ।’
यसरबार प्रधानमन्त्रीबाट प्रष्ट जवाफ नआएसम्म संसदमा विरोध जारी राख्ने चेतावनी भट्टराइले दिएक दिए ।

